हुप्सेकोट गाउँपालिका अध्यक्षको घर जलाएको आरोपमा तरूण दल क्षेत्रीय अध्यक्ष पक्राउ
चितवन | मंसिर १, २०८२
चितवन: जेन जी आन्दोलनको नाममा पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकाकी अध्यक्ष लक्ष्मी पाण्डेको घरमा तोडफोड तथा आगजनी गरेको आरोपमा थप चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका अनुसार पक्राउ पर्नेमा कावासोती नगरपालिका ८ का तरुण दलका क्षेत्रीय सभापति अमित गिरी, अविनाश काफ्ले, कुमार पुलामी र हुप्सेकोट गाउँपालिका १ का कमल खनाल रहेका छन् ।
अध्यक्ष पाण्डेलगायत जनप्रतिनिधिहरूले दर्ता गराएको किटानी जाहेरीको आधारमा उनीहरूलाई शनिबार बिहान ११ बजेतिर नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी मधु नेपालले बताए ।
कावासोतीका गिरी नेपाली कांग्रेससम्बद्ध तरुण दलका क्षेत्रीय सभापति हुन् । पालिका अध्यक्ष पाण्डे पनि कांग्रेसबाट दोस्रोपटक निर्वाचित पालिका अध्यक्ष हुन् । उनी गाउँपालिका महासंघको अध्यक्ष पनि हुन् ।
यसअघि प्रहरीले हुप्सेकोट प्रहरी चौकीमा आगजनी र तोडफोडमा संलग्न रहेको आशंकामा सात जनालाई पक्राउ गरिएको थियो । जेन–जी आन्दोलनका क्रममा तोडफोड र आगजनी गरेको आरोपमा प्रहरीले ११ जनालाई पक्राउ गरिसकेको छ ।
कास्की । पोखराको चिप्लेढुङ्गामा सञ्चालित सफल निरमाया दोहोरी साँझ एण्ड रेष्टुरेन्टले २२ औं वार्षिकोत्सवको अवसरमा विशेष सांगीतिक कार्यक्रम २०८३’ आयोजना गर्ने भएको छ । भोलिदेखि (अस...
भेनेजुएलामा भूकम्पमा परी मृत्यु हुनेको संख्या ९२० पुगेको छ। गत बुधबार राति ७.२ र ७.५ म्याग्नेच्युडको शक्तिशाली भूकम्प जाँदा मृत्यु हुनेको संख्या शनिबारसम्म ९२० पुगेको अन्तर्राष्ट्रिय समाचार संस्था एसो...
काठमाडौँ । नेपाल सरकारले साउदी अरबले कार्यान्वयन गर्न लागेको नेपाली श्रमिकको सीप प्रमाणीकरण (एसभीएफ) प्रक्रियालाई तत्काल स्थगन गर्न साउदी सरकारसँग आग्रह गरेको छ। उक्त प्रक्रियाका कारण नेप...

